दुखद खबर–एकापसमा मोटरसाइकल ठोक्किदा ज्यानै गयो

Author Nishkarsha News
२०८० कार्तिक ६, सोमबार ०९:२०

दमक/ झापाको बाह्रदशी गाउँपालिका वडा नं –६ सिमलचोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
त्यहाँस्थित पक्की सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे११प ६२२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको  प १–०१–०१४प ७६४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा एउटा मोटरसाइकलका चालक कृष्ण थापाको मृत्यु भएको हो ।
आइतबार साँझ करिब ६ बजे भएको सो दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाईते भएका थापाको उपचारका क्रममा विएण्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्