दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बुधबार बिहान भएको दुर्घटनामा तीन जना युवकको ज्यान गएको छ ।
बिहान ५ः३० बजे बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं ४ का २६ बर्षिय मौसम राई, पछाडी सवार सोही ठाउँका २५ बर्षिय युनिस भण्डारी र १७ बर्षिय सरोज रेग्मीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरोले विपरित दिशा तर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिए पनि तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका ट्राफिक प्रहरीले जनाएको छ । तस्विर – सताक्षी न्यूजबाट

Facebook Comments Box