दमक/ झापाको कमल गाउँपालिका ६ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई दमक नगरपालिकाले औषधि सहयोग गरेको छ ।
अस्पतालमा आयुर्वेदिक पद्धतीबाट उपचार गराउन आउने बिरामीको चाप धेरै भएपनि आवश्यक औषधिको अभाव भएकोले दमक नगरपालिकाले साढे ३ लाख रुपैयाँ बराबरका बिभिन्न प्रकारका औषधि सहयोग स्वरुप उपलब्ध गराएको हो ।
अस्पतालमा आज बुधबार आयोजित कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइ प्रसाइँले अस्पतालका निर्देशक डाक्टर सिद्धार्थ ठाकुरलाई औषधि हस्तान्तरण गरिन् । अस्पतालमा औषधि आवश्यक परेको देखेर ३ लाख ४८ हजार २ सय ४३ रुपैयाँ बराबरको औषधि उपलब्ध गराईएको नगर उपप्रमुख भट्टराईको भनाई छ ।
सो अवसरमा अस्पतालका निर्देशक डाक्टर ठाकुरले अस्पतालमा भौतिक संरचना पर्याप्त भए पनि जनशक्ति र औषधिहरुको अभावमा सकेजति सेवा दिन नसकिरहेको बताए । अहिले भएका जनशक्तिले समय भन्दा धेरै काम बाँडफाँड गरेर सेवा प्रदान गरिरहेको उनले बताए । अस्पतालमा उपचारका लागि बिरामीहरुको चाप दैनिक बढिरहेको भए पनि औषधि अभाव हुँदा बिरामीलाई खालिहात पठाउनु पर्ने अवस्थामा दमक नगरपालिकाले गरेको सहयोग प्रशंसनिय भएको डा. ठाकुरको भनाई छ ।

Facebook Comments Box