दमक/ दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ । कात्तिक ५ गते बिहान २ः४५ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ४ मा उर्लाबारीबाट दमकतर्फ आउँदै मे ९ प ३०७९ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथर कुम्मायक –२ स्थायी ठेगाना भई हाल मोरङ उर्लाबारी –५ बस्ने ३१ वर्षीय भेषराज बि.क. र सोही मोटरसाइकलमा पछाडि सवार दमक –४ बस्ने ३६ वर्षीय जीवनकुमार बि.क. घाइते भएका थिए ।
दुवै घाइतेको अरनिको अस्पताल उर्लाबारीमा उपचार पश्चात थप उपचारका लागि चालक भेषराजलाई न्युरो अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।