दमक/ दमकका युवाहरुलाई लक्षित गरेर उद्यमशीलता विकासका लागि एक दिने तालिम प्रदान गरिएको छ ।

दमक उद्योग वाणिज्य संघ र दमक जेसीजको संयुक्त आयोजना तथा दमक नगरपालिकाका सहयोगमा एक दिने युवा उद्यमशीलता विकास तालिम प्रदान गरिएको हो ।

वाणिज्य संघको सभाकक्षमा सञ्चालित तालिमको दमक नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।
तालिममा व्यवसाय गर्न चाहने तथा व्यवसाय गरि आएका दमक क्षेत्रका ५० वढी व्यवसायी युवाहरु सहभागि भएका संघका कार्यालय सचिव निरज विष्टले जानकारी दिए । तालिममा अनुसन्धान तथा सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

तालिममा केन्द्रका प्रशिक्षकद्धय सुदिप उप्रेती र द्रोर्ण उप्रेतीले सहजीकरण गरेका थिए भने सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिए ।

संघका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीले तालिमको महत्वमाथि चर्चा गरेका थिए । दमक जेसीजका अध्यक्ष भिमराज केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संघका प्रथम उपाध्यक्ष गुरागाइँले गरेका थिए ।

Facebook Comments Box