दमक/लायन्स क्लब अफ दमक इष्टर्न लायन र युनाइटेडले संयुक्त रुपमा आज दमकको कृष्णमन्दिरस्थित वशिष्ट गुरुकुलका विद्यार्थीहरुका लागि खाद्यन्न सामग्री सहयोग गरेका छन् ।

ति क्लबहरुमा आजदेखि नयाँ नेतृत्व शुरु भएको कारण पहिलो दिननै खाद्यन्न सामाग्री वितरण गरिएको हो । लायन्सले सो गुरुकुलमा आवासीय सुविधासहित अध्ययनका लागि बसेका विद्यार्थीहरुको दैनिक खाना तथा खाजामा सहयोग पुरयाउने उदेश्यले चामल, भुजा, खाने तेल , चिउरा लगायत खाद्य सामग्री प्रदान गरेका हुन् ।

इष्टर्न लायनका नवनियुक्त अध्यक्ष तुल्सीराम तिम्सिना र युनाइटेडका नवनियुक्त अध्यक्ष सन्दिप बस्नेतको नेतृत्वमा लायन्स तथा लियो क्लबका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा सो गुरुकुलका प्रधानाध्यापक चेतन आचार्य मार्फत गुरुकूललाई सो सहयोग प्रदान गरेका हुन् । सो अवसरमा क्लबका अध्यक्षद्धय, लियो क्लब अफ इष्टर्न लायनका अध्यक्ष मुकेश पौडेल , सञ्जयजंग थापा र विद्यापीठका प्रधानाध्यापक आचार्यले सो सहयोगका बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन इष्टर्न लायनका सेक्रेटरी राज अग्रवालले गरेका थिए । कार्यक्रममा लियो क्लबका बालबालिकाहरुसंगै इष्टर्न र युनाइटेडका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

Facebook Comments Box