स्याङ्जा/   यहाँस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर वसी अख्तर मोहम्मद मियाँ ४ लाख ५५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले घुससहित मियाँलाई पक्राउ गरेको हो । बिरुवा गाउँपालिका ८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समिति अन्तर्गतको योजनाबाट रकम लिएका मियाँलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको रोशन खड्काको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ ।

Facebook Comments Box