इलाम/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति दक्षिण कोरियाले गत असार २८ गते अचानक हृदयघात भई दक्षिण कोरियामा मृत्यू भएका इलाम साखेजोङ ६ का टुकेन लिङ्दमको परिवारलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

हिजो श्रावण १४ गते लिङदमको शुध्याइँको दिन पारेर कार्यक्रम गरि मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ सदस्य विष्णु तुम्बाहाम्फे मञ्चका पूर्व प्रवास समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश लिङ्देनले संयुक्त रुपमा सो सहयोग रकम मृतकका बुबा कृष्ण बहादुर लिङ्दम र मृतककी पत्नी सरस्वता नेम्बाङ्लाई हस्तान्तरण गरेका हुन् ।

समवेदना तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्षहरु डम्बर राई र डुपछिरीङ् काजी लेप्चा, उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, केन्द्रीय सदस्य तथा चुलाचुली वडा नं. १ का वडाध्यक्ष पुर्ण (ध्रुव) लावती, के.स. कुमार तुम्बापो, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box