दमक/दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् सामाजिक तथा व्यवसायिक युवा व्यक्तित्व ज्ञाननाथ पौडेल ( ज्ञानु) ले जन्मदिनको अवसरमा कमल ३ स्थित एक गुरुकुलका विद्यार्थीलाई शैक्षिक र खाद्यन्न सहयोग प्रदान गरेका छन् ।
कमल ६ साविक लखनपुर स्थायी घर भई हाल दमकमा किचन गुड्सको व्यापारमा संलग्न पौडेलले मुक्तेश्वर गुरुकुलका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि नियमित शुद्ध पिउने पानी उपलब्ध गराउन फिल्टरसहित खाद्यन्न र कापी वितरण गरेका हुन् । लायन्स क्लब अफ लखनपुरका अध्यक्ष समेत रहेका पौडेलले लायन्स क्लबका लिडर तथा सामाजिक व्यक्तित्वहरु रामचन्द्र बराल, धर्मानन्द भट्टराई, प्रहर क्षेत्री, विमल शर्मा लगायतको उपस्थितीमा सो सहयोग प्रदान गरेका हुन् ।
को हुन ज्ञानु पौडेल ?
कमल ६ मा स्थायी घर भएका पौडेल सानैदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा रुची राख्ने ३० बर्षिय युवा हुन् । दमक ६ स्थित देवकोटा चोकमा दमक होम ग्लोरी नामक व्यवसायिक फर्म सञ्चालन गर्दै आएका पौडेल अघिल्लो पटक भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याएर कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् । व्यवसायसंगै सामाजिक काममा सक्रिय पौडेल लायन्स क्लबमा आवद्ध भएर अहिले लायन्स क्लब लखनपुरको अध्यक्ष पदमा जिम्मेवारी निर्वाह गरिआएका छन् ।
आवश्यक कुरा मात्रै बोल्ने, स्पष्ट धारणा राख्ने र सहयोगी हात अघि बढाउन सधैं तत्पर हुने गरेका पौडेलको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा निस्कन फूर्सद पाउँछन् । आफूले कमाएको धनको केहि प्रतिशत सामाजिक सेवाका काममा खर्चिन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् ।