बाख्रापालन व्यवसायलाई निर्वाहमूखी अवस्थाबाट व्यवसायीकरण गर्दै कम उत्पादन लागतमा उत्पादकत्व बढाउनु र यसको बजार व्यवस्थापन गर्नु अहिलेको आवश्यकता र चुनौती दुवै बनेको छ ।
बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नुनै हो । पहाडी तथा हिमाली भेगतिर भने बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरुको उपयोग पनि भइरहेको छ । बाख्राको रौ (पश्मिना) मुख्यतः च्याङग्राको बहुमूल्य सामानको रुपमा निर्यात योग्य वस्तु रहेको छ । बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचार समेत प्रभावकारी मानिएको छ । खसी बाख्राको उत्पादन बढेपनि बढ्दो मागलाई अझै स्वदेशी उत्पादनले धान्न सकिरहेको छैन । छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात हुने क्रम जारी छ । बाख्रापालनलाई एक सम्मानित व्यवसायको रुपमा लिन आवश्यक छ । प्रस्तुत छ बाख्रापालन र यसका बारेमा सक्षिंप्त जानकारी ।
तराई बाख्रा
नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई ‘तराई बाख्रा’ भनिन्छ । यो जातको बाख्राहरु चिसो वातावरणमा खासै पाइदैनन । यो बाख्रा दूध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । मझौला आकार, माथि उठेको नाक, लामो झुन्डेको कान र विभिन्न रंगको भएता पनि प्रायः खैरो शरिरमा सेतो धर्सो रहेको हुन्छ । यसको शारीरिक तौल करिब १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । लगभग १५ महिनाको उमेरमा पहिलो पटक व्याउनेस खरी र जमुनापरी तथा तराई बाख्राको प्रजनन् क्षमता तथा शारीरिक बनावटमा धेरै समानताहरु पाईन्छ ।
खरीरऔँले बाख्रा
मध्यपहाडि प्रदेशमा पाइने बाख्रालाई ‘पहाडि वा खरि’ बाख्रा भन्ने गरिन्छ, हावा पानी, रोग प्रतिरोधात्मक छ्मता र औसत वृद्धिदर आदिको दृस्तिकोंडबाट नेपालको पहाडी वा मध्यपहाडी छेत्रकोलागि खरी बाख्रा उपयोगी मानिएको छ । यो बाख्रा नेपालको अधिकांश भूभागमा निक्कै लोकप्रिय छ ।
शरीर सानो र फुर्तिलो हुन्छ तथा पछाडी वा माथि फर्केको सिंग हुन्छ, थोरै बाख्राहरु मुडुला पनि हुन्छन् ।यसको औषद तौल १५ देखि २५ किलोग्रामसम्म हुन्छ भने बोकाको शारीरिक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ ।सालाखाला १६ महिनामा पहिलो पटक व्याउने, २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दाबढी पाठापाठी हुर्काउछ ।मासु स्वादिलो तथा खँदिलो हुन्छ ।
नेपालमा पालिने विदेशी जातका बाख्राहरु
जमुनापारी
भारतमा पाइने सबैभन्दा ठूलो जातको बाख्रा हो । यो जात दूध तथा मासु दुवै प्रयोजनको लागि पालिने गरिन्छ ।जिउ ठूलो तथा अग्लो, लामो खुट्टा, नाकको बीच भाग उठेको (सुगानाके), छोटो र थेप्चो सिंग र झुण्डिएको लामा कानहरु हुन्छन् । २० देखि २५ महिनाको उमेरमा पहिलो पटक ब्याउने गर्दछ । २.२५ देखि २.७ लि. प्रति दिन सम्म दूध दिन्छ र वजन ३० देखि ६० कि.ग्रा. सम्म हुन्छ । यस जातको बाख्राको शरीर ठूलो भएकोले मासु भरिन धेरै समय लाग्दछ ।

बारबरी
यस जातको बाख्राको उत्पत्ति पुर्वी अफ्रीकामा भएको हो ।१५ देखि १६ महिनामा पहिलो पटक ब्याउछ र १४ महिनामा २ चोटी ब्याउने एस बाख्राले प्राय दुइ पाठापाठी पाउने गर्दछ । कान छोटो तथा ठाडो, मध्यम आकारका मोडिएका सिंग, शरीर सानो, रातो र सेतोको टाटेपाटे मृग जस्तो हुन्छ ।चर्न त्यति मन नपराउने र खोरभित्रै राखेर पालीने जात हो ।
तौल बाख्रीको २७ देखि ३६ र खसी बोकाको ३२ देखि ४१ कि.ग्रा. सम्म हुन्छ । दुध र मासु दुबैको लागि पालिन्छ, प्रति बेत ६० देखि ७० लि. दुध उत्पादन गर्दछ ।
सानन्
दूध उत्पादनको लागि विश्व प्रसिद्ध सानन् जातको बाख्राको जन्मस्थान स्वीजरल्याण्डको सानन् उपत्यका हो, डेरी गोट मध्य सबैभन्दा ठुलो जातको बाख्रा हो । गर्मि सहन नसक्ने यो बाख्रा चिसो हावापानीमा पाल्न उपुक्त हुन्छ ख यो जातको बाख्रा सेतो वा क्रिम रंगको हुन्छ । अनुहार सीधा वा अलि थेप्चिएको र कान ठाडो तथा अगाडितिर तेर्सिएको हुन्छ भने सिंग हुँदैन ।प्रतिदिन २ देखि ४ लि. सम्म दूध दिन्छ ।बोकाको शारीरिक तौल औसतमा ९५ के.जी. र बाख्रीको ६५ के.जी.सम्म हन्छ ।बार्षिकरुपमा ब्याउने यो बाख्राले प्राय एकल पाठापाठी पाउने गर्छ ।
विटल
यस जातको बाख्रा भारतको गुजरात र राजस्थानमा पाइने जात हो । यो बाख्रा हेर्दा जमुनापारीसँग मिल्दोजुल्दो हुन्छ तर उत्पादन छ्मता, विभिन्न हावापानीमा घुलमिल हुन सक्ने छमता र बधुवा प्रडालीमा पाल्न सकिन छमता जमुनापरी भन्दा राम्रो हुन्छ ।चौडा मझौला शारीर, उठेको नाक, पछाडी र बाहिरतिर फर्किएका सिंग, लामो, चौडा र लत्रिएका कान हुन्छ ।

दुध र मासुको लागि प्रचलित छ र छालाको गुणस्तर पनि राम्रो हुन्छ र प्रति बेत १५० लि. उत्पादन हुन्छ । औसत तौल वयस्क भालेको ५९ के.जी. र वयस्क पोथीको ३५ के.जी. हुन्छ ।२ वर्षमा पहिलो पल्ट व्याउने र २ वेत वीचको अन्तर औषतमा १ वर्ष हुन्छ ।सरदर २ वर्षमा ३ पटक व्याउने र ५० ५ जुम्ल्याहा पाउने गर्दछ ।

सिरोही
भारतको सुक्खा ठाउँको लागि उपुक्त मानिएको यो बाख्रा नेपालको पश्चिमी छेत्रमा भित्रिएको छ । मध्यम आकारको खँदिलो जिउ, छोटो र तिखो नाक, लामा कान र छोटा, तिखा र माथि तथा पछाडीतिर बांगीएको सिंग हुन्छ । बोकाको जिउँदो तौल ५० देखि ७० के.जी. र बाख्रीको २५ देखि ३५ के.जी. हुने गर्छ । यो मासु उत्पादनको लागि उपयुक्त जात हो, प्रति बेत ७१ लि. मात्र दुध उत्पादन गर्छ । यो १९ महिनामा पहिलो पटक ब्याउने, बर्षको एक पटक ब्याउने र प्रायस् जुम्लाहा पाठापाठी पाउने गर्छ ।
बोयर बाख्रा
यो जातको बाख्रा सन् १९०० दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो । सबै प्रकारको हावापानीमा घुलमिल हुन सक्ने छ्यमता हुने तथा रोग प्रतिरोध्तात्मक छमता बढी भएको यो बाख्रा विगत ५ वर्षदेखि नेपालमा अगुवा कृषकहरुले पालन गर्न थालेका छन् ।छिटो बढ्ने (८०–९० ग्रा. प्रति दिन) । प्रति दिन २ लि. को दरले दुध उत्पादन हुन्छ । प्रति बेत २ पाठापाठी पाउने र २ वर्षमा ३ पटक व्याउने । वाली जान सिजनको प्रभाव कम पर्ने भएकोले बाह्रै महिना पाठापाठी जन्माउन सक्ने, ६ देखि ९ महिनाको उमेरमा यो बेच्न योग हुन्छ, एस उमेरमा ३५ देखि ४० के.जी. पुग्ने र (गुद्स्तर) राम्रो हुन्छ । ( स्रोत अनलाइन)

Facebook Comments Box