वासिङटन/ इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि एक पृष्ठ लामो दस्तावेजमा सहमति गर्ने तयारी भएको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।
दुई अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै एक्सियोसले यस्तो समाचार प्रकाशित गरेको हो । इरानले आणविक कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने र अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला गरेर पश्चिमा देशका बैंकहरुमा रोक्का भएको उसको खर्बौं डलर बराबरको सम्पत्ति खुला गरिदिने विषय सहमतिपत्रमा उल्लेख भएको एक्सियोसको समाचारमा उल्लेख छ । दुबै पक्ष हर्मुजको जलमार्गमा भएको अवरोध खोल्नका लागि तयार भएका छन् । एक्सियोसको समाचारमा उल्लेख भएअनुसार अमेरिकाले ४८ घण्टाभित्र यस विषयमा इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको छ ।
तर दुबै देशले कुनै औपचारिक टिप्पणी गरेका छैनन् ।