दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले शिलान्यास गरेका छन् ।
स्थानीय देवीमाया चम्लागाईसहित छोराहरु टंक ,गोविन्द र देवेन्द्र चम्लागाईले करिव रु २५ लाख मूल्य पर्ने ५ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि भवन निर्माण शुरु भएको हो ।
जिल्ला समन्वय समितिबाट प्राप्त रु ४५ लाखको वजेटबाट वडा कार्यालयको प्रशासनिक भवन निर्माण शुरु गरिएको वडाध्यक्ष पृथ्वीपति राईले वताए ।
एकवर्ष भित्रमा दुई तले पाच कोठाको भवन निर्माण गरिने जनाइएको छ । भवन निर्माणका लागि टेकेन्द्र श्रेष्ठको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरिएको बताइएको छ ।
सो अवसरमा गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडा कार्यालय भवन बनेपछि वडाबासीको काममा सहज हुने अपेक्षा गरिएको बताइन् ।
गाँउपालिकाका ७ वटा वडामध्ये २ र ६ वडा बाहेक अन्य वडाहरु भाडाको घरमा सञ्चालन हुदैआएका छन् । शिलान्यास गरिएको वडा भवन गाँउपालिकाकै पहिलो वडा कार्यालय भवन हुने प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले वताए ।