दमक/ दमक उद्योग वाणिज्य संघको यहि भदौ २० गते हुने चुनावी साधारण सभामा सहभागिताका लागि उद्योगी व्यवसायीहरु धमाधम सदस्यता नविकरणमा लागेका छन् ।

संघको निर्वाचन बर्ष भएको कारण कैयौं बर्ष अघिदेखि संघको सदस्य बनेर उद्योग व्यवसाय गरिरहेका व्यवसायीहरु नेतृत्व चयनका लागि मताधिकार सुरक्षित गर्न नविकरणमा लागेका हुन् ।
दमक उद्योग वाणिज्य संघले चालू आर्थिक बर्ष सम्म नविकरण भएका र अघिल्लो आर्थिक बर्ष सम्म दर्ता भएका व्यवसायीक फर्मलाई मतदाताको रुपमा मान्यता दिदैं आएको छ ।

त्यस किसिमका मतदाताको संख्या यस पटक पुग न पुग २ हजार हुने अडकल गरिएको छ । जेठ २७ गते दिउँसो सम्ममा संघमा १ हजार ६ सय ५० वटा व्यवसायिक फर्म नविकरण भएका संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।
अघिल्लो पटक तीन बर्ष अघि भएको निर्वाचनमा संघका मतदाताको संख्या २ हजार ७ सय २० रहेको थियो । संघमा सो निर्वाचन यता एक बर्ष पनि नविकरण नगरेका सदस्यहरुले समेत जेठ मसान्त सम्म नविकरण गर्न पाउने व्यवस्था छ । सो वापत एकमुष्ठ ४ हजार रुपैयाँ नविकरण शुल्क वाणिज्य संघले लिई आएको छ ।

Facebook Comments Box