ईलाम / ईलाम नगरपालिका-४ मा रहेको जोशी हाईड्रोपावरको जेनेरेटरमा आगलागी हुँदा अन्दाजी ५ करोड बराबरको क्षति भएको छ ।

आज दिउँसो सवा ३ बजे  हाईड्रोपावरको जेनेरेटरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पौने ४ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको तथा आगलागीबाट कुनै पनी मानवीय क्षति नभएको  कार्यालयले जनाएको छ ।

Facebook Comments Box