दमक,२९ जेठ । नेपालका लागि आधिकारिक आयातकर्ता रिलाएबल नेपाल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले आयात गरिआएको इनर्जी ड्रिङक्स रेडव्लुमा पुरस्कार उपहार राखेको छ ।केहि महिना यता देखि नेपालमा भित्रीएको भियतनामबाट आयातीत उक्त इनर्जी ड्रिङक्स रेडव्लु खरिदमा नगद र जिन्सी पुरस्कारको उपहार राखेको छ ।
आयातकर्ता प्रेम पाण्डेले इर्नर्जी ड्रिङक्स रेडव्लुमा नयाँ प्याकसंगै ग्राहकका लागि खाली हात नजाने उपहार योजना रहेको वताए । वजारमा यस इनर्जी रेडव्लु प्रति आएको समाचारहरु निराधार भएको भन्दै पाण्डेले भने, –‘यस इनर्जी ड्रिङक्स रेडव्लुमा कुनै शंका नगरि निर्धक पिउन सकिन्छ ।’ बजारमा धेरै प्रतिष्पर्धी ब्राण्डले यस इनर्जी ड्रिङक्स रेडव्लु विरुद्ध भ्रामक प्रचार गरिएको वताउदै पाण्डेले त्यस्ता भ्रममा रत्तिभर विश्वास नलिन आम उपभोक्ताहरुसंग आग्रह समेत गरेका छन् । व्यवसायीहरुलाई समेत कुनै पनि गलत प्रचारको पछि नगईकन सुनिश्चित भएर बिकीवितरण गर्न आयात कम्पन्नीले अनुरोध गरेको छ ।
वजारमा पाईने विभिन्न किसिमका इनर्जी ड्रिङक्सको तुलनामा सस्तो संगै गुणस्तरिय भएकाले पनि छोटो अवधिमा नेपाली उपभोक्ताहरुले रेडव्लु इनर्जी ड्रिङक्स मनपराई दिएको आयातकर्ता पाण्डेले दावी गरेका छन् । नेपालका सवै जसो शहरी,वजारसम्म यस रेडव्लु इनर्जी ड्रिङक्सले राम्रो वजार लिदैगएको उनले स्पष्ट पारे।