दमक/ दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाका दुई जना शेयर सदस्य व्यवसायीहरुलाई नगद राहत प्रदान गरेको छ ।
गत जेठ ८ गते आगलागीका कारण व्यवसायमा क्षति ब्यहोरेका दमक ५ स्थित अमित किराना पसलका सञ्चालक अमित शाह र दन्तकाली टे«डर्सका सञ्चालक राज अग्रवाललाई संस्थाले राहत कोषमार्फत राहत रकम प्रदान गरेको हो ।
सो राहत रकम जनही १०/ १० हजार रुपैयाँ रहेको स्वर्णलक्ष्मी साकोसका व्यवस्थापक कमल घिमिरेले जानकारी दिए । संस्थामा रहेको प्राकृतिक राहत कोष मार्फत सदस्यहरुलाई परिआएको त्यस किसिमका विपत्तीहरुमा राहत रकम प्रदान गर्ने गरिएको संस्थाका अध्यक्ष रवि न्यौपानेले बताए ।
राहत रकम हस्तान्तरणमा अध्यक्ष न्यौपाने, सञ्चालक हरु पूनम रिजाल, सञ्जिव रिमाल, तुलसीराम प्रसाई, लेखा संयोजक शिव अधिकारी लगायत सहभागी थिए ।