दमक/राजु निरौला,
्रााष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय दमकको आयोजना एक दिने सहकारी बैंक र सदस्य संघ/संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय दमक शाखाले आज आयोजना गरेको कार्यक्रममा सहकारी बैक सन्चालक प्रदेश एक इन्चार्ज महेन्द्र गिरिको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष रमेश पोखरेल, बैंकका सञ्चालकअमृता सुब्बा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई र दमक नगरपालिकाका मेयर रोमनाथ ओलिको प्रमुख आतिथ्यता रहेको थियो |
कार्यक्रममा बैंकका सेवा र भावी योजना सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले प्रस्तुतिकरण दिनुभएको थियो, त्यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै विशिष्ट अतिथि तथा अतिथिहरुले दिगो लक्ष्य प्राप्तिका लागि सहकारी संघ/संस्था दिगो हुनुपर्ने र त्यसका लागि संस्थाका सदस्यहरु दिगो रहनुपर्ने साथै सहकारी संस्था उत्पादनशिल क्षेत्रमा कार्य गर्नुपर्ने सहित अब सहकारी पुर्बाधार विकासको काममा समेत अग्रसर हुनुपर्ने सहितका मन्तब्य राख्नु भएको थियो |
कार्यक्रमलाई दमक शाखा सन्चालक बिबेक डागिले सञ्चालन गर्नुभएको थियो | बैंकका सदस्य अमृता सुब्बाले राजबंशीको स्वागत मन्तव्यवाट शुरू भएको सो कार्यक्रममा झापा जिल्ला माइवारिका विभिन्न सहकारी संघ/संस्थाहरुवाट १००भन्दा बढ़ी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो |
कार्यक्रममा १५ औ सहकारी बैकको साधारणसभामा दमक शाखामा रहेका दुई सहकारी हरुलाइ सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो।सम्मानित हुनेमा नियमित कारोबार गर्ने दमकमा रहेको मोडल बचत ऋण सहकारी र उत्कृष्ट कारोबार गर्ने नबोदय बहुउद्देश्यीय सहकारी केरखा लाई सम्मान र प्रमाणपत्र प्रदान गरिएको थियो।भने शेयर वृद्धि गर्ने दमकमा रहेको कन्चनजघा सहकारी ,र मेची सहकारिलाइ सम्मान समेत गरिएको थियो।
कार्यक्रममा सहकारी बैकका सदस्य र सहकारीबैक का अतिथिहरु सग अन्तरकृयात्मक कार्यक्रम समेत भएको थियो।।