लखनपुर/झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आठौं बार्षिकोत्सव तथा ९ औं स्थापना दिवसको अवसर पारेर आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा कूल ६२ जनाले रक्तदान गरेका व्यवस्थापक राजु थापाले जानकारी दिए ।
सो अवसरमा संस्थाका अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, सदस्यहरु चन्द बहादुर महरा , रामकुमार राई, लेखा समिति संयोजक एकराज प्याकुरेल, सदस्यहरु प्रेम प्रसाद दुलाल, शिक्षा उपसमिति सदस्य रेवत गुरुङ कर्मचारीहरु तर्फ व्यवस्थापक राजु थापा, लेखा प्रमुख तिलक सापकोटा, बजार व्यवस्थापक विनोद खवास, केर्खा सेवा केन्द्रकी प्रमुख सुनिता आचार्य, बजार प्रतिनिधिहरु संगम थापा, शंकर श्रेष्ठ र दिपा लामिछानेसहित, पतञ्जली योग समिति कमल ५ का संयोजक घनश्याम प्याकुरेल लगायत इच्छुक स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
सो संस्थाले हरेक बर्ष आयोजना गर्दै आएको रक्तदानमध्ये यस बर्ष सबैभन्दा धेरै संख्यामा रक्तदाताहरु सहभागी भएका हुन् ।
रक्तदान कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठ, उपाध्यक्ष उषा भण्डारी, सुम्निमा कृषि सहकारी संस्थाका अध्यक्ष प्रमोद दाहाल , नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरका सभापति चन्द्र साह लगायतको विशेष उपस्थिती रहेको थियो ।