दमक/ लायन्स क्लब लखनपुरले दुर्घट्ना न्यूनिकरणका लागि ट्राफिक सचेतना र उपकरण हस्तान्तरण गरेको छ ।

कमल गाउँपालिकासंगको सहकार्यमा क्लबले शुक्रबार पाडाजुँगीमा विशेष कार्यक्रम गरी विद्यार्थी तथा सवारी चालकहरुलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको हो ।
ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज दधिराम दाहालले सहभागी विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउँदै सडक दुर्घट्ना न्यूनिकरणमा विद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

लायन्स क्लब लखनपुरका अध्यक्ष प्रमोद दाहालको अध्यक्षता र कमल ५ का वडाध्यक्ष डम्बर निरौलाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय दमकलाई दुर्घटना न्यूनिकरणमा सहयोग पुरयाउन २ वटा ब्यारिकेट र ४ वटा लाइट प्रदान गरिएको लायन्स क्लब लखनपुर २०१९÷०२० का अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ज्ञाननाथ (ज्ञानु ) पौडेलले जानकारी दिए ।

सो कार्यक्रममा वडाध्यक्ष निरौला, लायन्स क्लबका एरिया कोअर्डिनेटर लायन लिडर अजय अग्रवाल, जोन चेयर पर्सन रामचन्द्र बराल, ट्राफिक इञ्चार्ज दाहाल, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष उषा भण्डारी लगायतले सडक दुर्घट्ना विकराल समस्या बन्दै गएकाले यसलाई रोक्न ट्राफिक नियमको पूर्ण पालनामा जोड दिए ।

Facebook Comments Box