दमक/ झापा दमकको उत्तरी क्षेत्र दमक वडा नं ३ दुम्से वस्तीमा गएराती जंगली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनु परेको छ ।
हंसेदुम्से वनबाट एउटा छावासहित माउ हात्ती बस्तीमा प्रवेश गरेपछी त्यहाँको जनजिवन त्रासपूर्ण बनेको दमक –३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

उनका अनुसार जंगलबाट निस्किएको हात्तीले त्यहाँका किसानको ३/४ कठठा खेतमा पाकेको मकै खाइदिँदा झन्डै ४०/५० हजार रुपैयाँको नोक्सानी भएको छ ।
स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा मकैबाली खाएर नोक्सानी पुरयाएको हो । हात्तीको कारण त्यस क्षेत्रका बासिन्दाले सधैं त्रासमा जिवन विताउनु परिरहेको वडाध्यक्ष बरालले बताए ।  बेला बखत हात्ती बस्तीमा पसेपछी रातैभर हात्तीको त्रासमा जाग्राम जस्तै बसाइ हुन्छ –बरालले भने – हिजो राती पनि १२÷१ बजे सम्म सर्वसाधारणहरु कतिबेला हात्तीले के गर्ने हो भन्ने पीरमा हुनुुहुन्थ्यो ।

जंगली हात्तीका कारण बर्षेनी सो क्षेत्रमा एक÷दुई जनाको ज्यानै जाने सम्मका घट्ना भएका छन भने अन्नबाली र घरमा दैनिक जसो क्षति पुरयाउने गरेको छ ।

Facebook Comments Box