दमक/ नेपाली कांग्रेसले मिगौलाको समस्याका कारण प्रत्यारोपणका क्रममा रहेका झापा, शिवसताक्षी २ साविक धरमपुरका बुद्धिबल शेर्मालाई आर्थिक सहयोग गरेको छ ।
काङ्रेसका कृयाशील सदस्य समेत रहेका शेर्माको थप उपचारका लागि कांग्रेस शिबसताक्षी १, २ र ३ वडाबाट संकलित ९४ हजार बढी सहयोग उपलव्ध गराएको हो ।
संकलित सहयोग आज घरमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको कांग्रेस धरमपुर गाउँ सभापती विनोद ढकालले जानकारी दिए । सहयोग संकसहयोग संकलन अभियानका लाई रमेश राईको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
संयोजक राईका अनुसार वडा नम्बर १ बाट ३३ हजार १४५ , २ बाट ४२ हजार २१५र र ३ बाट १९ हजार ६०५ गरि कुल रु ९४ हजार ९६५ रुपैया संकलन भएको थियो ।
पार्टीले शेर्माको जिवन बचाउन सवै क्षेत्रबाट सहयोग समेत गरिदिन आग्रह गरेको सभापति ढकालले बताए ।