दमक/झापा दमकका युवा व्यवसायी तथा लायन्सकर्मी तुलसीराम तिम्सिनाले आफ्नो ३३ औं जन्मदिनमा दमक २ स्थित हाम्रो बाल आश्रमका बालबालिकालाई खाद्यन्न सामग्री सहयोग गरेका छन् ।
लायन्स क्लब अफ दमक इष्टर्न लायनका इनकमिङ प्रेसिडेन्ट समेत रहेका तिम्सिनाले आज क्लबको आयोजनामा भएको सक्षिंप्त कार्यक्रम मार्फत चामल, दाल, नुन, तेल लगायतको खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा आश्रमका सञ्चालक समिति अध्यक्ष तथा संस्थापक प्रकाश थापा र आश्रममा आश्रित बालबालिकाहरुलाई तिम्सिनासहित इष्टर्न लायनका पदाधिकारीहरुले खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
तिम्सिनाले जन्मदिन मनाउन गरिने फजुल खर्चलाई निरुत्साहित गर्दै अनाथ तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि यस किसिमका सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा लायन्स क्लब अफ दमक गोल्डका प्रथम उपाध्यक्ष नविन ताम्राकार र सेक्रेटरी रिङकुमार आचार्यको पनि विशेष उपस्थिती थियो ।