इटहरी /इटहरी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायीको प्यानलबाट उम्मेद्वार बनेका व्यवसायी नेता भीम बहादुर पौडेल अध्यक्षमा भारी मतान्तरले विजयी भएका छन् ।

पौडेलले प्रतिस्पर्धी शैलेश कुमार विष्टलाइ ११ सय २६ मतले पराजीत गरेका हुन् ।

पौडेलले २ हजार ९ सय ४ मत ल्याएर जित हासिल गरेका हुन् । विष्टले १ हजार ७ सय ७८ मत मात्र ल्याएका थिए ।

पौडेल यस अघिको कार्य समितिमा निर्वाचित व्यवसायी नेता हुन् । विष्ट संघको कार्यवहाक अध्यक्ष भएका थिए । आज सम्पन्न मतगणनाको सार्वजनिक भएको परिणाम अनुसार वाणिज्य तर्फ पौडेल नेतृत्वको लोकतान्त्रिक प्यानलका विष्णु प्रसाद रिजालले २ हजार ५ सय ४, अनिल सुब्बाले २ हजार ४ सय ९७, जीवन पराजुलीले २ हजार ४ सय ६२ , पिताम्बर पोखरेलले २ हजार २ सय ९६ , खगेन्द्र तिवारीले २ हजार ४ सय ४८ , रामकुमार श्रेष्ठले २ हजार १ सय ४६ र अशोक अग्रवालले १ हजार ८ सय ७ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् । त्यस्तै महिला तर्फ पनि पौडेल नेतृत्वको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ ।

सो तर्फ गायत्री भण्डारी २ हजार ७ सय २२ र सविना कोइरालाले २ हजार ६ सय ११ मत ल्याएर जित हासिल गरेका छन् । उद्योग तर्फ पनि लोकतान्त्रिक प्यानलकै सबै उम्मेद्वार विजयी भएका छन् । उद्योग तर्फ दिवस पोखरेल, विष्णु डाँगी , मुक्तिनाथ दाहाल र लक्ष्मण गुरागाइँ निर्वाचित भएका जनाइएको छ ।

Facebook Comments Box