
दमक/दमक नगरपालिकाका महिला जनप्रनिधिहरुका विषयमा दुई ओटा वृतचित्र तयार पारिएको छ । नगरपालिका उपप्रमुख गीता अधिकारी र कार्यपालिका सदस्य मीना प्याकुरेलका बारेमा वृतचित्र तयार पारिएको हो ।
वृतचित्रमा उहाँहरुका अनुभव, लक्ष्य, चुनौती लगायतका विषय समेटिएको छ । वृतचित्रमा महिला जनप्रतिनिधी भएकै कारण भोग्नु परेका अनभूती, अवसर लगायतका विषयहरुलाई समेटिएको छ । उहाँहरुका बारेमा अलग अलग वृतचित्र तयार पारिएको हो ।
भिडीयो (गीता अधिकारी)
स्थानीय सरकार शावालिकरण कार्यक्रमको सहयोगमा, भ्वइसे अफ वीमन मिडियाले संचालन गरेको नेतृत्वमा महिला कार्यक्रम अन्तर्गत वृतचित्रहरु तयार पारिएका हुन् । साता ओटा प्रदेशका सात ओटा सहरका ७ जना उपप्रमुख र ७ जना अन्य महिला जनप्रतिनिधीहरुका बारेमा सो प्रकारको वृतचित्र तयार पारिएको हो ।
भिडीयो (मीना प्याकुरेल)
सो कार्यक्रम अन्तर्गत दमक नगरपालिका, मिथिला नगरपालिका, भीमेश्वर नगरपालिका, वालीङ नगरपालिका, तान्सेन नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र टीकापुर नगरपालिकाका १४ जना महिला जनप्रतिनिधीका वृतचित्र तयार पारिएका हुन् ।
प्रदेश १ को दमक नगरपालिकाका दुई ओटा वृतचित्र दमका मदानी मिडीया मार्फत गोपाल झापालीले निर्माण गरेका हुन् ।