बुटवल / रुपन्देहीको गैडहवामा एक महिलाको साथबाट अज्ञात समूहले गोली हानेर ४ लाख रुपैयाँ भन्दा बढी रकम लुटपाट गरेको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट ४ लाख ६३ हजार रुपैयाँ लुटपाट भएको हो ।
लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् । सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली हानेका हुन् ।