दमक/झापाको शिवसताक्षी ८ का शारिरीक अपाङगता भएका एक बालकलाई लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले एक थान ह्वीचेयर र खाद्यन्न सहायता गरेको छ ।
क्लबले आज शिवसताक्षीमा नै पुगेर पीडित रुद्र राउतका अन्दाजी १३ बर्षिया छोरा रुद्र राउतकी आमा रञ्जीता गिरी राउतलाई ६० हजार मूल्य पर्ने सो ह्वीलचेयर र चामल, नुन, तेल लगायतको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
शिवसताक्षी ८ का वडाध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्य र लायन्स क्लब इटहरी स्मार्ट सिटीका अध्यक्ष नेल्सन थानेश्वर ढकालको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा लायन्सका क्लब इन्टरनेशनल डिस्ट्रीक ए वान ३२५ का चिफ एरिया को अर्डिनेटर बबरजंग थापा ( किरण) को विशेष उपस्थिती रहेको थियो । सो अवसरमा क्लबका चार्टर प्रेसिडेन्ट राजेन्द्रकेशरी घिमिरेले मन्तव्य राखेका थिए भने क्लबका प्रथम उपाध्यक्ष लक्ष्मी बरालले कार्यक्रमका बारेमा प्रष्ट्याइन । कार्यक्रमको सञ्चालन क्लबका सेक्रेटरी गणेश ओलीले गरेका थिए ।