नेपाली कांग्रेसले आसन्न मसिंर ४ मा हुने प्रदेश सभा सदस्यका लागि झापा क्षेत्र नं ५ खमा समानुपातिक तर्फ महिला कोटामा गरेको सिफारिसमा परेकी उम्मेदवार हुने दमककी परिचित नेतृ रमा लिम्बु
१४ औं महाधिवेशनबाट लोकप्रिय मत पाएर पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी नेतृ लिम्बुलाई यहाँको निजी क्षेत्रमा लगानीकर्ताको रुपमा पनि परिचित छिन ।

दमकको सामाजिक तथा व्यवसायिक क्षेत्रसंगै कांग्रेसको राजनीतिमा सक्रिय लिम्बु युवा पुस्ताकी उदाउँदो नेतृ हुन । दुई दशक अघिदेखि व्यवसायिक यात्रा शुरु गरेकी दमक १ निवासी लिम्बुले दमक उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला पदाधिकारी बनेर इतिहास रचिसकेकी छिन । उनी महिला सम्बद्ध विभिन्न अधिकारवादी संघ संस्था र लायन्स क्लब लगायतका सामाजिक संस्थाहरु मार्फत सशक्त र जुझारु महिला नेतृका रुपमा आफूलाई उभ्याउन सफल छिन । रमालाई युवा पुस्ताको सक्रिय नेतृका रुपमा लिइन्छ ।

“राजनीति मार्फतनै समाजमा योगदान दिन र प्रदेश सभामा जनजाती महिलाहरुको प्रतिनिधित्व गर्दै समावेशीताको आवश्यकतालाई सम्बोधन गर्न पनि मेरो उम्मेदवारीले बल पुरयाउनेछ भन्ने विश्वास लिएकी छु” – प्रदेश सभा सदस्यका रुपमा पार्टीबाट उम्मेदवारी सिफारिसमा परेपछि निष्कर्ष न्यूजसँगको कुराकानीमा रमाले भनिन ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आफूलाई राजनीतिमा पनि दर्बिलो नेतृका रुपमा उभ्याएकी उनी दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै हाल तृतीय उपाध्यक्षको रुपमा छिन ।

दमकमा उद्योग वाणिज्य संघ स्थापनाको २७ बर्षे लामो इतिहासमा संघको पदाधिकारीमा दुई बर्ष अघि मात्रै लिम्बु निर्वाचित भएकी हुन । उनी राष्ट्रिय महिला अधिकार मञ्च दमकको नगर अध्यक्ष तथा सौन्दर्यकला व्यवसायी संघ झापाको कोषाध्यक्ष पनि हुन ।

दमकमा सौन्दर्यकला व्यवसायबाट आफनो व्यवसायिक यात्रा शुरु गरेकी हुन । स्वास्थ्य तथा अन्य रोजगारमुलक क्षेत्रमा उनले लगानीकर्ताको पहिचान पनि बनाएकी छिन । रमा निम्स नेशनल हस्पिटल प्रालिकी कोषाध्यक्ष हुन भने रोटरी, लायन्स क्लब जस्ता अन्तरािष्टयस्तर सम्म सञ्जाल जोडिएका संस्थाहरुमा समेत आवद्ध रहेर सामाजिक सेवाका क्षेत्रमा आफूलाई अघि बढाइरहेकी छिन ।

Facebook Comments Box