दमक/पूर्वका आदिवासी धिमालहरुको ऐतिहासिक धार्मिक तथा साँस्कृतिक स्थलमा अतिक्रमण भएको भन्दै धिमाल जातीय विकास केन्द्रले आपत्ती जनाएको छ ।

मोरङको बेलबारी नगरपालिका वडा नं ११ स्थित वडा कार्यालयले वडा कार्यालय र स्वास्थ्य चौकीको भवन बनाउने नाममा धिमालहरुको साँस्कृतिक तथा धार्मिकस्थलमा अतिक्रमण गरिएको भन्दै धिमाल जातीय विकास केन्द्र नेपाल केन्द्रिय समितिले विज्ञप्तीमार्फत आपत्ती प्रकट गरेको हो ।   विज्ञप्ती जस्ताको त्यस्तै

केन्द्रका महासचिव केदार धिमालले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा पटक पटकका छलफलहरुमा बेलबारी नगरपालिका वडा नं ११ स्थित भाङबारीमा धिमालहरुको साँस्कृतिकस्थललाई असर पुरयाउने किसिमका कुनै पनि संरचना बनाउन नहुने आवाज उठ्दा उठ्दै सो आवाजलाई वेवास्ता गरी सम्बन्धित कार्यालयबाट भइरहेको निर्माण कार्य तत्काल रोक्न पनि खबरदारी गरिएको छ ।

 

विज्ञप्तीमा सिंगो धिमालहरुको पवित्रस्थलमा राज्यशक्तिको दुरुपयोग भईरहेको भन्दै सम्बन्धित निकायसंग त्यसलाई रोक्न जोडदार माग समेत गरिएको छ ।

Facebook Comments Box