दमक/ झापा दमक बहुमुखी क्याम्पसकी पूर्व सहायक प्रमुख तथा नेपाल राष्ट्रिय वुद्धिजीवि संगठनकी केन्द्रीय सचिव राधिका ओझाले आफना छोरीको विवाहमा लाग्ने खर्च विभिन्न परोपकारका लागि दिने घोषणा गरेकी छिन् ।

छोरी डाक्टर क्षमता सुवेदी र दाङ्ग तुसलीपुरका नरेश रेग्मीवीचको सोमबार नेकपाको केन्द्रीयमा प्रगतिशील विवाह गरिदिदै करिव रु २ लाखको सहयोगको घोषणा गरेकी हुन् ।
ओझाले दमकको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि रु ५० हजार, दमक अपाङ सहयोग समितिलाई रु ५० हजार, दमकको वालबृद्धाश्रमलाई ५० हजार,दमक पव्लिक लाईव्रेरीलाई रु १० हजार र माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई रु १० हजार सहयोग दिने घोषणा गरेका हुन् ।
अनेरास्ववियूले आयोजना गरेको सो प्रगतिशील बैबाहिक कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ,गृहमन्त्री रामबहादुर थापा,राष्ट्रिय सभा उपाध्यक्ष शसीकला दाहाल,नेतृ पम्पा भुषाल लगायतकाले बधाई तथा शुभकामना दिएका थिए । वेहुला रेग्मी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

Facebook Comments Box