दमक/ दमक नगरपालिकालाई वालमैत्री स्थानीय सरकार बनाउन रणनीति तर्जुमा प्रकृया बारे गोष्ठी सम्पन्न भएको छ ।
बिहिबार र शुक्रबार बालमैत्री स्थानीय शासन सम्बन्धि रणनीतिक योजना र लगानी योजना सम्बन्धि कार्यशाला मोरङ्को लेटाङ्मा सम्पन्न भएको हो । कार्यशालामा नगरका जनप्रतिनिधी, निजी तथा सामुदायीक विद्यालय तथा वालसञ्जालका प्रतिनिधी तथा अन्य सरोकारवालाहरुको सहभागीता थियो । कार्यशालामा बालमैत्री स्थानीय सरकार घोषणाका लागि आवश्यक सुचक, ति सुचकको लक्ष्य प्राप्तिका लागि गर्नु पर्नेकाम, यसको महत्व लगायतका बिषयमा सुमन अधिकारी र स्वस्तिका पोखरेलले सहजीकरण गरेका थिए ।
नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको गोष्ठीमा सवै वडाहरुमा वालमैत्री घोषणाका लागि आवश्यक योजनाहरुलाई प्राथमिकता दिईने र नगरलाई सरकारको लक्ष्य अनुसारनै वालमैत्री बनाउने तयारी रहेको बताए ।
नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले वालमैत्री घोषणाका लागि चाहिने सवै ५१ ओटा सुचकहरुको लक्ष्य प्राप्तिका लागि नगरपालिका योजनावद्ध रुपमा अघि बढेको बताईन् । कार्यक्रममा नगर शिक्षा अधिकारी दिनेश न्यौपानेले सवै पक्षहरुको सहकार्यले नगरलाई वालमैत्री बनाउन सकिने र यसका लागि समन्वय र अगुवाईका लागि नगरपालिका तयार रहेको बताए ।