दमक/ दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वस्तुगत कोटाबाट थप एक जना उम्मेद्वारको नाम टुंगो लागेको छ ।

फर्निचर व्यवसायी संघको तर्फबाट दमक ५ स्थित लक्ष्मी काष्ठ फर्निचर उद्योगका प्रोप्राइटर दिनेश सुवेदीको उम्मेद्वारी टुंगो लागेको हो ।
सुवेदी करीब एक दशकदेखि फर्निचर व्यवसायमा संलग्न छन् ।

उनलाई फर्निचर व्यवसायी संघले दमक उद्योग वाणिज्य संघको यहि भदौको तेस्रो साता हुने निर्वाचनमा कार्य समिति सदस्य पदमा उम्मेद्वारका लागि सर्वसम्मत निर्णय सिफारिस गरेको जनाइएको छ ।

यस अघि विभिन्न वस्तुगत संघबाट ३ जना उम्मेद्वारको नाम टुंगो लागिसकेको छ ।

Facebook Comments Box