दमक/ दमक उद्योग वाणिज्य संघको निर्वाचनको लागि उम्मेद्वारका बिषयलाई लिएर सत्तारुढ नेकपा भित्र थप खैलाबैला मच्चिएको छ ।
संघको अध्यक्षका लागि पार्टी तथा निकटका व्यवसायीहरुमाझ दाबी पेश गरिरहेका राजेन्द्र ढकाल र विमल खतिवडा मध्ये हिजोदेखि खतिवडाले र प्रथम उपाध्यक्षका उम्मेद्वार युवराज घिमिरेले आफ्नो दाबी फिर्ता लिएको भन्ने चर्चा बाहिर आएपछि विवादले अझै चर्को रुप लिएको हो ।
खतिवडा र घिमिरेले पार्टी तथा व्यवसायीहरु संलग्न रहेको समिति लामो समय सम्म उम्मेद्वारका बिषयमा अनिर्णित भएकोले समितिको औचित्यनै नरहेको निष्कर्ष निकालेर यस अघि गरिएको दाबी फिर्ता लिएका एकपक्षले चर्चा गरिरहेका छन भने अर्को पक्षले उम्मेद्वारको आकांक्षीहरु ब्याक भईसकेपछि अव नेकपाबाट स्वतः ढकाल अध्यक्षको उम्मेद्वार बन्ने तर्क गरिरहेका छन् ।
ढकाल र खतिवडासंगै सदस्य पदको उम्मेद्वारीबाट रमेश लुइँटेल पनि ब्याक भएका बताइएको छ । उनीहरुको आशय सहज ढंगबाट उम्मेद्वारी त्यागेको नभई नेतृत्वको अपरिपक्वता र ढिलासुस्तीको विरोध गरेको भन्ने खबर पनि सार्वजनिक भएका छन् । यससंगै दुवै पक्षबीच एक अर्कामा तिक्तता पोख्दै भित्रभित्रै आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । खतिवडा र ढकालको नेतृत्वका अधिकांश सम्भावित उम्मेद्वारहरुको दाबी रहेको र केहिले वार्गेनिङका लागि समेत उम्मेद्वारीको दाबी गरेका पनि बताइएको छ ।