दमक/नेपाल आयल निगमले बजेट भाषण सकिएको केहि घण्टा नवित्दै गएरातीदेखि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । बुधबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गरे लगत्तै आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन तेलको मुल्य बढाएर नेपाल आयल निगमले शुरु गरेको हो ।
इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रति लिटर बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ ।
अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए ।

Facebook Comments Box