दमक/ प्रगतिशील लेखक संघ झापाले विजयादशमी ,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम एकै साथ सम्पन्न गरेको छ ।
प्रलेस झापाका पुर्व अध्यक्ष कवि तथा साहित्यकार भवानी क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रममा साहित्यकारहरु पुण्य प्रसाद खरेल, नरपति पाण्डे, ,बिन्दु दहाल मुकदर्शक, ओमप्रसाद खनाल, डा. लेखनाथ न्यौपाने, हरि पराजुली, बिरेन्द्र खडका, दुर्गा काफ्ले, धनन्जय बास्कोटा, दुर्गा प्रसाद सिग्देल, टीका लामिछाने, गोपीकृष्ण खतिवडा, मेघनाथ बन्धु, अम्विका प्रसाद सापकोटा ,डिल्लीराम निरौला,पुस्ता राई,ज्ञाननाथ निरौला,शारदा निरौला, भगवती दवाडी,हिमाल सुब्बा गुराँश लगायतका स्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गर्नुका साथै शुभकामना व्यक्त गरेका थिए । प्रलेस झापाका सचिव विन्दु दहाल मुकदर्शकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रलेस झापाका अध्यक्ष लीला प्रसाद अधिकारीले गरेका थिए ।