दमक/ इलामको दक्षिणवर्ती क्षेत्र चुलाचुली गाउँपालिका भित्रको बिकट मानिने वडा नम्बर ६ स्थित साक्फारामा पहिलो पटक केन्द्रिय प्रसारण लाईनको बिजुली बलेको छ ।
टुकी र सोलारको भरमा चलिरहेको दैनिकीमा बिजुलीको उज्यालो थपिएपछि बस्तीनै झलमल्ल बनेको हो । दशैंको मुखमा गाउँमा बिजुलीपछि मनै खुशी नहुने कुरै भएन मिक्लाजुङ्ग माध्यमिक बिद्यालय दशमीका कर्मचारी देवेन्द्र राईले भने । उनका अनुसार अहिले गाउँका सबै घरमा धमाधम बिजुली बाल्नका लागि वायरिङको काम भैरहेको छ ।
चडको मुखैमा बिद्युत बाल्न पाउने आशले सबै गाउँले उत्साहित भएको उनले बताए । साक्फारा क्षेत्रमा हाल केन्द्रिय प्रसारण लाईनको बिद्युत बिस्तार धमाधम भैरहेको छ ।
दशमीकै बिद्यार्थि सोनु राईले विजुलीको उज्यालोसँगै आफूहरुको भविष्य पनि उज्यालो हुने आशा सुनाइन ।
चुलाचुली गाउँपालिकामा अध्यक्ष राजेन्द्र केरुङ नेतृत्वको टिमले दुर्गमक्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर काम गर्दा अहिले सम्मकै ठुलो खुशीको अनुभव साक्फाराबासीले गर्न पाएका छन ।
त्यहाँ पहिलो पटक बिद्युुत पुगेको बिद्युत अनुगमन गर्न पुगेका अध्यक्ष केरुङले बताए । बिकट गाउँमा बिद्युत बाल्न पाउँदा आफ्नो जिवनमा खुशीको पारो बढेको केरुङले बताए । आफ्ना चुनावी बाचाहरु नबिर्सिाएको भन्दै उनले साक्फारा क्षेत्रको बिकासमा आफू प्रतिबद्ध रहेको बताए ।

 

Facebook Comments Box