दमक/ झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले संस्थामा आवद्ध २२ वटा कृषक समुहका सदस्यहरुलाई प्लाष्टिकका टनेल प्रदान गरेको छ ।
बेमौसमी खेती गरि किसानलाई व्यवसायिक बनाउन सहयोग पुरयाउने उदेश्यले टनेल प्रदान गरिएको हो । संस्थाका प्रवन्धक टंक पराजुलीले ति टनेलमा समुहका सदस्यहरुले सामुहिक खेती गर्ने बताए । सोहि कार्यक्रममा टनेल निर्माण तथा खेती गर्ने बिधिी बारे कमल–७ को सरस्वती प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक बिष्णु चुडालले जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो संस्थामा महिलाहरु मात्र सदस्य रहेका छन् । संस्थाले बिगतमा समेत सदस्यहरुलाई आय आर्जन बृद्धीमा सहयोग पुग्ने बिभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष बाँस्तोलाले बताएकी छन् ।