दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ ।

केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ ।

२९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी जम्मा १८ विद्यालयका खेलाडीहरुले विभिन्न खेलकुदका विभिन्न बिधामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

प्रतियोगितामा भलिबल, कवड्डी, कराँते, हाईजम्प, लङजम्प, तेक्वान्दो, उसु सट फुट दौड लगायतका खेलहरुमा खेलाडी बिद्यार्थीहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी बरालले मानव विकासका लागि औपचारिक शिक्षासँगै स्वास्थ्यको पनि उत्तिकै भुमिका हुने भएकाले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएको उल्लेख गरे ।
कमल गाउँपालिका अध्यक्ष राईले खेलकुदका माध्यमबाट समाजमा अनुशासनको बिकास हुने र स्वास्थ्यमा समेत फाइदा पुग्ने भएकाले स्थानीय सरकारले खेलकुदका कार्यक्रमलाई महत्वसाथ अघि बढाइरहेको बताए ।

अध्यक्ष राईले आगामी आर्थिक बर्षमा बिद्यालयस्तरमै खेलकुदका लागि बजेटको व्यवस्था गरेर खेल प्रतिभाको बिकास गर्ने गाउँपालिकाको लक्ष्य रहने बताए । प्रतियोगितामा सहभागी विद्यालय र खेलाडीलाई शुभकामना दिँदै अध्यक्ष राईले प्रतियोगितामा हार र जितलाई स्वभाविक प्रकृयाका रुपमा लिइनु पर्ने र यसबाट बिद्यार्थीहरुमा मेहनत र परिश्रम गर्ने बानीको बिकास गर्ने पनि उल्लेख गरे ।

प्रतियोगिताको उदघाटन खेलमा पालिका अन्तर्गतका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बिद्यार्थी, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका स्तरीय शिक्षा समितिका सदस्य, लगायतको उपस्थिति रहेको थियो ।

खेलकुद उपसमितिका सचिव बलिराम राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक रविन गौतमले गरेका थिए ।

हेर्नुहोस भिडिओ :

https://www.facebook.com/nishkarshanewsonline/videos/413728747760763

 

Facebook Comments Box