दमक/ झापाको दमक ८ मा सञ्चालित मदर एजुकेशन फाउण्डेशनले आज आइतबार १२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम गरि सम्पन्न गरेको छ ।
बिद्यालयका असल अभिभावक, बिद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै सो कार्यक्रम सम्पन्न गरेको हो । निजी तथा संस्थागत बिद्यालयहरुको संगठन (प्याव्सन) झापाका जिल्ला अध्यक्ष गौरीमान फागोको प्रमुख अतिथ्य र फाउण्डेशनकी संस्थापक प्रिन्सीपल बिबेचना कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ अभिभावक एवं स्थानीय सामाजिक व्यक्तित्व बेनुप्रसाद चुँडालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययन अध्यापन गराउँदै आएको सो फाउण्डेसनमा बिद्यार्थीहरुलाई संस्कारसहितको प्रभावकारी शिक्षा प्रदान गरि आएको संस्थापक प्रिन्सीपल विवेचना विष्टले उल्लेख गरिन । कार्यक्रमका प्रमुख अतिथी प्याव्सन झापाका अध्यक्ष फागोले अभिभावक र बिद्यार्थीहरुको चाहना अनुसारको गुणस्तरीय शिक्षाका लागि निजी तथा संस्थागत बिद्यालयहरुले दिएको योगदान उच्च कोटीको रहेको जिकिर गरे ।
सरल र सुलभ शुल्कमा आधुनिक तथा डिजिटल प्राविधिको प्रयोग , ंखुल्ला खेल मैदान ,बिद्यार्थी केन्द्रित शिक्षण सिकाइ ,पर्याप्त खेल सामाग्रीसहितको शिक्षा दिदै आएको सो फाउण्डेशनलाई स्मार्ट बिद्यालयका रुपमा सञ्चालन गरिआएको सञ्चालक रोशन विष्टले बताए । कार्यक्रममा बिद्यार्थीहरुले परम्परा झल्किने मौलिक गीत, नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

Facebook Comments Box