दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ को वडा कार्यालयले आइतवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
वडा कार्यालयमा आयोजित शिविरमा विर्ताज्योती आँखा अस्पताल दमकका नेत्र सहायक मोति बराल नेतृत्वको टिमले आँखा जाँच तथा सेवा प्रदान गरेको थियो ।
सो टोलीले आवश्यकता अनुसार चश्मा र औषधि पनि निशुल्क प्रदान गरेको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए ।
दन्त, आखाँ सहित फिजिसियन गरि ३ सय ४९ जनाले निशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका जनाइएको छ । वडा सचिव अमृत साहका अनुसार आखाँतर्फ २२९ जना , दन्ततर्फ ६३ र फिजिसियनतर्फ ५७ जनाले स्वास्थ्य सेवा पाएका छन् ।


शिविरमा कमल ५ वडासहित त्यस क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका वडाअध्यक्ष विष्टले बताए । वडाले वडावासीलाई आफनै घरआँगनमा विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको उनले बताए । त्यस अवसरमा वडाले शिविरमा सहयोग पुरयाँउने अस्पताललाई प्रंशसापत्र समेत प्रदान गरेको थियो ।
यसैबीच सो वडाको आधारभुत स्वास्थ्य केन्द्रमा आजनै हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन पनि शुरु गरिएको छ । स्वास्थ्य केन्द्रकी प्रमुख पवित्रा वर्देवाका अनुसार आज कार्यालयमा आउने सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि वितरण गरिएको छ भने भोली सोमबारदेखि बिभिन्न बिद्यालय र टोल टोलमा पुगेर औषधि वितरण गरिनेछ । स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने गरि वितरण गर्ने गरिएको छ ।

Facebook Comments Box