दमक/ दमक रवि सडक ( फाल्गुनन्द मार्ग) अन्तर्गत इलामको माङसेबुङ गाउँलिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसेर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राईको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो सो दुर्घटना भएको थियो ।
सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका–७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको छ भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ ।
यसै गरी सोही राती १० बजे उदयपुरको उदयपुरगढी–७ स्थित मदन भण्डारी लोकमार्गमा ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका–६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comments Box