दमक,९ माघ । झापाको कमल गाउँपालिकामा यहि माघ ११ गतेदेखि १९ गतेसम्म झापा जिल्ला अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजक समितिले बुधबार पालिकामा पत्रकार सम्मेलन गरि खेलको तयारीका बारेमा जानकारी दिएको हो । प्रतियोगिताका संयोजक कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका सुर्यप्रसाद न्यौपानेले सातौं संस्करणका रुपमा रहेको यो प्रतियोगितामा जिल्लाका १५ वटै पालिकाको सहभागिता रहने र सवै तयारी पूरा भएको जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता कमल ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित दमक –लखनपुर भेट्रान खेलमैदानमा हुने छ । दिउँसो १२.३० वजे हुने उद्घाटन खेल गौरादह र अर्जुनधारा तथा दिनको २ वजे भद्रपुर र बुद्धशान्ति वीच हुने छ ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिताले स्वस्थ्यसंगै अन्तरपालिका बीच समन्वयमा थप टेवा पुग्ने उल्लेख गरे ।

गतवर्ष झापाको शिवसताक्षीमा सम्पन्न उक्त प्रतियोगिता कमल गाउँपालिकाले जितेको थियो । विजेता पालिकाले यस प्रतियोगिताको आयोजना गर्ने नियम भएको र सोहि बमोजिम कमलले प्रतियोगिता आयोजना गरेको आयोजक समितिका सहसंयोजक दिपेन्द्र लामिछानेले बताएका छन् ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाखसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट,वेष्टकिपर, वेष्ट डिफेन्डर,हाइस्कोरर हुनेलाई जनही ६ हजार ६ सय ६६ रुपिया ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न पालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सम्मलित तीन सदस्यीय संरक्षक र सुर्यप्रसाद न्यौपानेको संयोजकत्वमा उपसंयोजक दिपेन्द लामिछाने र सदस्यहरु सागर यादव,कुशल श्रेष्ठ,पर्वत भण्डारी ,मणिकुमार लिम्बू र सुवास दाहाल रहेको सात सदस्यीय आयोजक समितिगठन गरिएको छ ।

Facebook Comments Box