दमक/ झापाको दमक नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिएको छ । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला दमक नगर उपप्रमुख कोषबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको हो । दमक वडा नम्बर ५ का ९ जना महिलालाई स्वाबलम्बि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

गत चैत १५ गते देखी सञ्चालीत तालिमको आज समापन गर्दै दमक नगर उपप्रमुख भट्टराईले आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेका बेला सांस्कृतिक जगेर्ना गर्न र महिलाहरुलाई आय आर्जनमा जोड्न तालिम सञ्चालन गरिएको बताउनु भयो ।

पछिल्लो समय नौमती बाजा कुनै एउटा समुदायले मात्र बजा

ने प्रचलन हट्दै सबै समुदायले यसको संरक्षण र प्रयोग गर्न थालेकाले यसको व्यावसायिकतासँगै नौमती बाजाको संरक्षण हुनेमा आफु विश्वस्त रहेको उपप्रमुख भट्टराईले बताउनु भयो ।

नगर उप प्रमुख कोषको रकमबाट महिला लक्षित कार्यक्रम अन्तर्गत नौमती बाजा बजाउने तालिम महिलाहरुलाई प्रदान गरिएको दमक नगरपालिकाको समाजिक बिकास शाखा प्रमुख केशब प्रसाईंले बताउनु भयो ।

सो तालिममा मातृका प्रसाद संग्रौला र कल्पना अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । तालिम दमक ५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।

Facebook Comments Box