लखनपुर/झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्यहरुका लागि सहकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

मंगलमय माविको सभाकक्षमा हिजो सम्पन्न प्रशिक्षणमा सदस्यहरुलाई काम कर्तव्य र अधिकार, सहकारी सम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा करिब एक सय जना सदस्यहरु सहभागी भएका संस्थाका सचिव भोजकुमार राईले जानकारी दिए ।

प्रशिक्षणमा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहजीकरण गरेका थिए । प्रशिक्षणको उद्घाटन कार्यक्रममा शिक्षा तथा तालिम उपसमिति संयोजक नगेन्द्र भण्डारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण गौतमले सो प्रशिक्षणको आवश्यकता र औचित्यका बिषयमा जानकारी गराएका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष उषा भण्डारीले राखेकी थिइन् ।

Facebook Comments Box