दमक/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा रहेको एकीकृत नमुना सहकारी खेतीको आज अवलोकन गरेका छन् ।
मन्त्री यादवले महारानीझोडा साना किसान सहकारी संस्थाद्धारा सञ्चालित एकीकृत नमुना खेतीको अवलोकन गरेका थिए ।
सहकारीकी अध्यक्ष मिना ढकालका अनुसार मन्त्री यादवले सहकारीसँगै गरिएको अर्गानिक तरकारी खेतीका बारेमा जानकारी लिनुभएको थियो ।
सहकारी खेतीसँगै अर्गानिक तरकारीखेतीबाट आत्मनिर्भर बनेका किसानको खेतको समेत स्थलगत अवलोकन गरेका बताइएको छ ।
त्यसक्रममा मन्त्री यादवले कृषिका माध्यमबाट किसानलाई आत्मनिर्भर वनाउन आवश्यक रहेकोमा जोड दिए । बढ्दो बिषादीको प्रयोगले कृषि क्षेत्र तहसनहस बनेको बताउँदै उनले अर्गानिक खेतीलाई सरकारले प्रोहत्सान गरिरहेको बताए ।