दमक/संखुवासभाको धर्म देबी नगरपालिका वडा न २ फुङलिङमा निर्माण हुने कालिकोटे खड्काहरुको मन्दिर निर्माणका लागि दमकका स्थानीय युवा व्यवसायी राजु खड्काको परिवारले नगद १० हजार रुपैयाँ प्रदान गरेको छ ।

२०४१ सालमा निधन भएकी हजुरआमा लक्ष्मीमाया भण्डारी खड्काको स्मृतिमा उनको पुण्य तिथीको अवसर पारेर खड्का परिवारले सो मन्दिरका जग्गादाता तथा मन्दिर निर्माणका अगुवा धर्म देबी २ निवाासी लाल बहादुर खड्कालाई हिजो सो रकम हस्तान्तरण गरेको हो ।

खड्का परिवारका बयोबृद्ध ९४ बर्षिया देबी बहादुर खडका , खडग बहादुर खडका ,चित्र कुमारी थापा खडका , मुकुन्द , शोभा थापा खडका, राजु खड्का, सलिना पौडेल खडका, मेनुका, बिनोद पाण्डे , अनिता, बिबेक भट्टराई लगायतबाट संकलन गरि सो रकम हस्तान्तरण गरिएको खड्का परिवारले जनाएको छ ।

Facebook Comments Box