दमक/सडकमा सवारी चेक जाँचका क्रममा ट्राफिक प्रहरीले सवारी सम्बन्धि आवश्यक कागजात संगै घुस रकम दिन खोज्ने एक जना सवारी चालक कारवाहीको फन्दामा परेका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरिएको हो । घट्ना विवरण अनुसार धनकुटाको चौबिसे गाउँपालिका ६ का चालक विकसंग सवारी चालक अनुमति पत्र थिएन ।

उनलाई ट्राफिक प्रहरीले कारवाही गर्न खोज्दा ड्युटीमा खटिएका प्रहरी जवान पोषराज खतिवडालाई सवारी दर्ता किताब (ब्लु बुक)मा च्यापरेर ५० रुपैयाँका दुई थान नोट घुस दिन खोजेका थिए ।

विक को १ ख २६११ नम्बरको खाली ग्याँसको सिलिण्डर लिएको मिनि ट्रक चलाउँदै आएका थिए । उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

Facebook Comments Box