दमक/ झापा दमक ५ सगरमाथा टोलका ६६ बर्षिय धर्मानन्द खनाल र ५८ बर्षिया प्रेमकुमारी खनाल सधैं आफनो तन्नेरी छोराको स्वास्थ्य अवस्था देखेर पिरोलिन्छन । ८/९ बर्ष अघि २६ बर्षका कान्छो छोरा आशिष पहिलो पटक मिर्गौलाको समस्याका कारण थलिएका थिए । त्यसबेला आफुसंग भएभरको जायजेथा बेचेर छोराको श्वास अडयाए ।

आमा प्रेमकुमारीले आफनो एउटा मिर्गौला दिएर आफनो भन्दा छोराको आयु लम्ब्याउन उपयुक्त हुने ठहर गरिन । तर अपशोच गत मसिंरदेखि छोराको मिर्गौलामा फेरी समस्या देखियो । भविष्यको लागि आशा गरिएका छोरा आशिषका दुवै मिर्गौला फेल भएका कारण उपचारका लागि भए भरको सबै जायजेथा सकिसकेको छ ।
सन्तानको मायामा आफ्नो शरिरको मिर्गौलानै दिएकी प्रेमकुमारी अहिले ६० बर्षको हाराहारीमा हुनुहुन्छ तर मिर्गौला दिएको ८ बर्षपछि छोरा आशिष फेरी उसैगरी ओछ्यान परेपछि उपचारका लागि फेरी काठमाडौं लगिएको छ । उनको उपचारका सिलसिलामा आशिष पत्नी जोश्ना ५ बर्षीय नाबालक छोरालाई काखमा लिएर पतिको स्याहार सुसारमा छिन ।
बुबाको शारिरीक अवस्था त्यति बलियो छैन । आमा, श्रीमति र परिवारका अन्य सदस्यहरुको साथ सहयोगले आशिषको जिवन बाँच्ने आशा मरेको छैन । उनी पत्नी जोश्ना र छोरा बिरकका साथमा एक पटक प्रत्यारोपण गरिएको मिर्गौला पनि फेरी समस्या आएपछि उपचारका लागि काठमाडौंको सामाखुशीमा छन् । एउटा मिर्गौला पूर्ण रुपमा निष्क्रिय भएपनि आमा प्रेमकुमारीले दिनु भएको एउटा मिर्गौलाका कारण उनको पुनर्जिवन चल्दै थियो । तर चिन्ता अहिले झन बढेको छ ।

दमकबाट खनाल परिवार आफ्नै बलबुँता र आफन्तहरुको साथ सहयोगमा गएको मसिंरदेखि काठमाडौंमा छन । उनलाई दैनिक ४÷५ सय रुपैयाँको औषधी सेवन गर्नुपर्ने, हप्तामा दुई पटक ३/३ हजार रुपैयाँ खर्चिएर डायलोसिस गर्नुपरिरहेको छ । आशिषकी बहिनी कल्पना भन्छिन–पहिले पनि औषधी गर्दा १४/१५ लाख रुपैयाँ सकियो , त्यतिबेला आफ्नै घर खेत बेचेर पनि गरियो फेरी विरामी भएपछि अब उपचारमा सहयोगका लागि सबैसंग गुहार माग्नुको विकल्प छैन ।
दाजुको लागि मात्रै नभएर भाउजु र सानो भाईका लागि पनि दाजुलाई बचाउन चाहन्छौं–बहिनी कल्पनाले भनिन् । उनले मिले सम्म दाजुलाई परिवारबाट अझै मिर्गौला दिएर भएपनि बचाउन चाहेको भन्दै नियमित उपचार र मिर्गौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सार्वजनिक अपिल दोहोरयाएकी छिन ।
को हुन खनाल परिवार ?
खनाल परिवारको पुरानो थाक थलो इलामको मंगलबारे हो । परिवारको गुजाराका लागि उनीहरु केही बर्ष अघि मधेस अर्थात झापा झरेका हुन । झापाको दमकमा उनीहरुले केही समय सानो तिनो व्यवसाय पनि सञ्चालन गरे । तर विरामीको अवस्था नाजुक भएपछि अहिले सिंगो परिवार सहाराबिहिन जस्तै भएको छ ।

आशिषको उपचारका लागि सहयोग गर्न चाहने जो कोहीले विरामी आशिषसंग सोझै ९८४२६३६४२३ वा दमकमा बहिनी कल्पनालाई ९८१३७९०६१० मा सम्पर्क गर्न सकिने वा बुबा धर्मानन्द खनालको प्रभु बैंक दमक शाखामा रहेको खाता नं  ०११००३६००७७०००११ प्रभु बैंक दमक शाखा मा सोझै सहयोग रकम जम्मा गर्न सकिने पनि पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Comments Box