गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिकाका किसानहरुलाई खेतीपातीमा सहजताका लागि गाउँपालिकाको कृषि शाखाले पानी तान्ने विद्युतीय मोटर निशुल्क वितरण गर्न शुरु गरेको छ ।
वडा नं ६ ले सो वडाका कृषकलाई निशुल्क पानी तान्ने मोटर विहिवार वितरण गरेको हो । आकाशे पानीको भरमा खेतीपाती गर्ने कृषकलाई सहजताका लागि कृषि विकास कार्यक्रम अन्तरगत वडा कार्यालयले ४८ थान पानी तान्ने मोटर वितरण गरिएको हो ।
कृषि उत्पादन बढाई कृषकको आम्दानी बढाउने लक्ष्य लिएर कार्यालयले १.५२ एचपीको १६ थान, १ एचपी को २ ईन्च पानी तान्ने ८ थान र १ एचपीको १.२ ईन्च पानी तान्ने २४ थान मोटर वितरण गरिएको वडा नं ६ की वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् ।
वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्य उदिमकुमार राई, मुकेश साह, रमकुमारी विक, वार्डसचिव गोविन्द राजवंशी लगायत सहभागी थिए । त्यसैगरी वडाले २० थान डिजल पम्पसेट (होण्डा ) वितरण गरेको छ ।
कृषकको योगदानको आधारमा साझेदारी कार्यक्रम अन्तगर्त ३ लाख ६७ हजार ५ सय रूपैयाँको लागतमा पम्पसेट वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताए ।