दमक/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनगर्ठनको अन्तिम तयारीमा जुटेका छन ।
प्रधानमन्त्री समेत रहेका ओेली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो । अध्यक्षद्वयबीच हिजो मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो । छलफलसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरुको भनाइ छ ।
गत आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो । बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो । त्यसपछि मंगलबार पुनः बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन । आइतबारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको थियो । अब भने दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् ।
झापाका साँवा बन्लान त मन्त्री ?
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं झापाको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुन । ओली नेतृत्वको सरकारमा विज्ञहरुको आवश्यकता महसुस गरेर अर्थमन्त्रीमा यस अघि डा. युवराज खतिवडालाई ओलीले रोजेका थिए । उनलाई विशिष्टको सूचीमा राखेर संसदमा प्रतिनिधित्व गराई मन्त्री बनाइएको भएपनि हालसालै उनको कार्यकाल पूरा भएपछि अब को नयाँ मन्त्री बन्ने भन्ने बहस छदैछ । झापाका ५ क्षेत्र मध्ये प्रधानमन्त्री ओलीको संगै निर्वाचन क्षेत्र जोडिएको झापा ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बु अहिले नयाँ मन्त्रीको सूचीमा पर्ने सम्भावना रहेको नेकपा निकट स्रोतहरुले जनाएका छन । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष समेत भइसकेका साँवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने प्रवल सम्भावना भएका व्यक्ति रहेको बताइएको छ ।
मन्त्रिपरिषद पुर्नगठनका मापदण्ड तयार गर्ने क्रममा सबै मन्त्री फेर्ने निर्णय भएमा सांसद साँवाको मन्त्रि बन्ने सम्भावना खुल्ने बताइएको छ । दुई वर्ष पूरा भएकालाई हटाउने मापदण्ड बन्यो भने पनि उनको सम्भावना कायम रहने अनुमान छ । सांसद साँवा झापा ४ बाट दोश्रो पटकमा निर्वाचित हुन सफल भएका लोकप्रिय सांसद मानिन्छन । बैदेशिक रोजगारका क्षेत्रमा लामो समय कामको अनुभव समेत सम्हालेर नेतृत्व गरिसकेका साँवा पहिलो पटक कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि केशवकुमार बुढाथोकीसंग पराजित भएपनि आफनो क्षेत्रमा निरन्तर खटिरहेका कारण दोश्रो पटक २०७३ को निर्वाचनमा फराकिलो मतान्तरसहित कांग्रेस झापाका लोकप्रिय मानिने नेता देउमान थेवेलाई पराजित गरेर संसदमा पुगेका हुन ।

Facebook Comments Box