दमक/ कांग्रेस झापाको पुरै कार्यसमितिमा कृष्ण सिटौला पक्षको दबदबा छ भने पनि हुन्छ । पार्टीको केन्द्रमा जसरी सभापति शेरबहादुर देउवाले आफनो एकल दबदबा राखेका छन झापामा पार्टी सभापति उद्धव थापाले उस्तै दबदबा राखेका उनीसंग असन्तुष्ट जिल्लास्तरका नेता कार्यकर्ताहरुको बुझाई छ ।
सभापति थापाले जिल्लामा सदस्यहरुको मनोनयन देखि विभिन्न विभागहरु गठनमा एकपक्षीय निर्णय लिएको आरोप लाग्दै आएको छ । दुईपटक जिल्ला सभापति भइसकेका कारण बिधानत अब थापा जिल्ला सभापती बन्न पाउने छैनन । थापाले यसपटक माथिल्लो तहमा आफनो स्थान खोज्नुपर्ने हुन्छ ।
त्यसो भइरहँदा जिल्ला सभापतिका दाबेदारहरुको बिषयमा पनि विभिन्न अडकलबाजीहरु शुरु भएका छन ।


अघिल्लो पटक जिल्ला सभापतिको दाबी पेश गरेका नेता देउमान थेवे जिल्लामा कार्यकर्ताहरुमाझ लोकप्रिय नेताका रुपमा स्थापित भइसकेका छन । अघिल्लो पटक अन्तिम समयमा थापालाई समर्थन गरेर जिल्लामा कांग्रेसको बलियो एकताको सन्देश प्रवाह गरेका थेवे यसपटक सभापतिका लागि निक्कै बलियो उम्मेदवार हुन सक्छन ।
जिल्लामा भातृ संगठनदेखि पार्टीका तल्लो तहले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएका थेवे आफैंले भने जिल्ला सभापतिको दाबी गरिसकेका छैनन । पार्टीका प्रभावशाली नेता कृष्ण सिटौलाको आशिर्वाद रहे उनी आगामी १४ औं अधिवेशनबाट पार्टीको सर्वसम्मत जिल्ला सभापति हुन सक्ने नेता हुन । उनी पूर्व जिल्ला उपसभापति हुन । तर सिटौला पक्षले उनलाई विश्वास गर्ने होकि नगर्ने ? भन्ने जिज्ञासा झापा कांग्रेसजनमा छ । सिटौला टिमले उनलाई विश्वास नगरेर जिल्ला सभापतिका लागि राम कट्टेललाई अघि सार्न सक्ने सम्भावना पनि उत्तिकै छ । सरल स्वभावका मानिने नेता कट्टेल अहिले उपसभापति छन । थेवे भने पहिलानै जिल्ला उपसभापति भइसकेका छन ।
जिल्ला सभापतिका लागि यि दुई नेतासंगै दाबी गर्ने अन्य नेताहरु भएपनि अन्तत यि दुई मध्ये एकले सिटौला समुहबाट सभापतिको उम्मेदवार हुन पाउने अनुमान छ । जिल्ला सभापतिमा देउवा , शेखर र रामचन्द्रको समुहले उम्मेदवारी प्रस्तुत गर्ने भन्दा सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिने सम्भावना प्रवल रहेको झापा कांग्रेस वृत्तमा चर्चा छ ।

Facebook Comments Box